इन्धन दुरुपयोग रोक
जनताबाट निर्वाचित भएको जनप्रतिनिधिहरुबाट स्थानीय तहमा भ्रष्टाचार , अनियमितता र दुरुपयोग बढेकोले त्यसमा नियन्त्रणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकका स्थानीयहले माग गरेका छन् । गाउँपालिकामा कहिले औषधी खरिदमा अनियमितता त कहिले कनिष्ट कर्मचारीलाई शाखा प्रमुखको जिम्मेबारी दिएको, जिन्सी तथा स्वास्थ्य शाखा प्रमुख हिरा साहलाई राखेको र दरबन्दी बाहेक आनावश्यक करारमा कर्मचारी नियुक्ती गरेको औषधी नपठाई भरपाई बुझेको सहितको घटनाले त्यसमा नियन्त्रणका लागि स्थानीयहले माग गरेका हुन् । कहिले स्वास्थ्यकर्मीहरुलाई अनाधिकृत रुपमा सरुवा गरेको भन्दै विरोध त कहिले पदीय दुरुपयो त कहिले इन्धनको दुरुपयोग गरेको समाचार बाहिर आएको छ । भोक्राहा नर्सिङ गाउँपालिकाकामा अध्यक्ष अजमल अख्तर आजाद सहितको गाडिमा मासिक पाँच लाख रुपियाँको इन्धन खर्च भएको छ । विदाको दिन बाहेक हेर्दा २३० दिनको हिसाव गर्दा दैनिक २५ हजार ६५२ रुपियाँको इन्धन प्रयोग गरेको देखिन्छ । (कार्यालय तथा पदाधिकारी र इन्धन अन्य प्रयोजन) मा रु. ५९ लाख रुपियाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनको पेज १६ अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा इन्धन खर्चमा अनियमितता भएकाले त्यसमा रोक लगाउनुपर्छ । प्रदेश नं. १ सार्वजनकि खर्चको मापदण्ड कार्यविधि र मितव्ययीता सम्बन्धी निर्देशिका, २०७५ मा सवारी साधनको किसिम, इन्धन खर्च र मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई प्रयोगमा ल्याउनुपर्ने व्यवस्था छ । गाउँपालिकाले यस वर्ष इन्धन (कार्यालय तथा पदाधिकारी र इन्धन अन्य प्रयोजन) मा रु. ५९ लाख खर्च गरेको छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कार्यालयमा १ व्याकहो लोडर, १ साना सवारी, १ भाडाको साना सवारी र २४ मोटर साइकल रहेको छ । पदाधिकारी तथा कर्मचारीलाई मासिक रुपमा दिने इन्धनको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने अभिलेख समेत राखेको पाइएन । इन्धन खर्चलाई मितव्ययी बनाउन इन्धन खर्चको मापदण्ड बनाउने, लग बुक राख्ने र इन्धन प्रयोगको व्यवस्थित अभिलेख राखि इन्धन खर्चमा नियन्त्रण गर्नुपर्दछ । व्याकहो लोडरबाट हुने तथा भएको कामको लागत अनुमान, नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदन तयार गर्नु पर्दछ । यसरी पनि इन्धनको दुरुपयोग भएको प्रष्ट देखिन्छ । त्यसैले इन्धनको दुरुपयोग रोक्नुपर्ने जरुरी रहेको छ ।
स्रोत सत्य संसारको सम्पादकीय
ी
