जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौं १४ गते । जनता समाजवादी पार्टी, नेपाल भोक्राहा नरसिसंह गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशन महेन्द्र यादवको अध्यक्षता र केन्द्रिय सदस्य हरिगोन्दि यादवको प्रमुख आथित्यतामा प्रथम गाउँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो ।

अधिवेशन उदघाटन सत्रमा जिल्ला समितिका अध्यक्ष देवकृष्ण यादव, केन्द्रिय सदस्य शिव बहादुर बस्नेत, नेता सुकदेव यादव, मनोज कुमार यादव सहितको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख वक्ता केन्द्रीय सदस्य यादवले पार्टीको गरिमा र आस्था बढ्दै गएकाले कोही पनि पार्टीमा लागेर पछुताउनुपर्ने आवश्था नआउने बताउनुभयो । नयाँ गाउँ समिति चयन गर्नका लागि खुल्ला सत्रमार्फत मनोज यादवको अध्यक्षतामा निर्वाचन मण्डल गठन गरिएको थियो। सो मण्डलमार्फत सर्वसम्मत रूपमा ७५ सदस्यीय गाउँ समिति गठन गरिने भएको छ ।