सुनसरी
२०८२ भदौ २६ गते।
सुनसरीको विभिन्न स्थानीय तहको सेवा प्रवाह पनि अनिश्चित बनेको छ। जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले सुचना जारी गर्नुहुदै देशमा सहजता नभए सम्म सेवा प्रवाह पनि बन्द रहने बताउनु भएको छ।

जिल्लाको कोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको तर्फबाट अध्यक्ष ऐयुव अन्सारीले सुचना जारी गर्नुहुदै अर्को सुचना नभएसम्म स्थानीय तह बन्द रहने बताउनु भएको छ। 

भदौ २६ गते अन्सारीले सूचना जारी गर्नु हुदै गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने बताउनु भयो ।
अध्यक्ष अन्सारीले जारी गर्नुभएको सुचनामा भनिएको छ, “मिति २०८२/०५/२३ गते देखि नेपालको विभिन्न स्थानहरुमा “जेन जि” पुस्ताको आन्दोलनका क्रममा ठुलो जनधनको छति भएको वेहोरा सर्व विधित छ । सोही विरोध तथा आन्दोलनको क्रममा मुलुकको विभिन्न स्थानहरुमा सरकारी निकायहरु लाइ लक्षित गरि सम्पत्तिहरु नष्ट गर्ने क्रममा कोशी गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, सवारी साधन लगायत अन्य सम्पत्तिहरु पनि नष्ट भई ठूलो क्षति भएकोमा हाल देखिएको संवेदनशील परिस्थिति लाइ मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि कोशी गाउँपालिकाको कार्यालय, मातहतका सम्पुर्ण कार्यालयहरु एंवम शैक्षिक संस्थाहरुबाट प्रवाह हुने सार्वजनिक सेवा (अत्यावश्यक सेवा बाहेक) बन्द हुने वेहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । यसबाट आम सेवाग्राहिमा पर्न जाने असुविधाप्रती कोशी गाउँपालिका क्षमाप्रार्थी छ ।”  आन्दोलनमा कोशीश अध्यक्ष ऐयुव अंसारीको घरमा समेत आगजनी गरेको थियो।  देवानगञ्जका अध्यक्ष बेचन मेहताले समेत हाल देखिएको संवेदनशील परिस्थितिलाइ मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि देवानगञ्ज गाउँपालिकाको कार्यालय, मातहतका सम्पुर्ण कार्यालयहरु एंवम शैक्षिक संस्थाहरुबाट प्रवाह हुने सार्वजनिक सेवा (अत्यावश्यक सेवा बाहेक) बन्द रहने बताउनुभयो।


उता दुहबी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले सुचना जारी गर्नुहुदै देशमा भएको हालको संवेदनशील परिस्थिति लाइ मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि दुहवी नगरपालिकाको कार्यालय, मातहतका सम्पुर्ण कार्यालयहरु एंवम शैक्षिक संस्थाहरुबाट प्रवाह हुने सार्वजनिक सेवा (अत्यावश्यक सेवा बाहेक) बन्द रहने जानकारी दिनु भयो।