सुनसरी
२०८२ भदौ २६ गते। सुनसरी जिल्ला अदालतमा अर्को सुचना नभएसम्म  सम्पूर्ण सेवा प्रवाह काम कारवाही स्थगित गरिएको छ। भदौ २४ गतेको जेनजी आन्दोलनको कारण उत्पन्न परिस्थितिले सुनसरी जिल्ला अदालत इनरुवामा अर्को सुचना नभएसम्म  सम्पूर्ण सेवा प्रवाह काम कारवाही स्थगित गरिएको श्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले जनकारी दिनुभयो।

राणाले  जिल्ला अदालत इनरुवाको लेटरमा सूचना जारी गर्नुहुदै देशमा भएको अहिलेको विषम परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मको लागि यस अदालतबाट प्रवाह गरिने सम्पूर्ण सेवा प्रवाह काम कारवाही स्थगित गरिएको बेहोरा सबैमा जानकारी गराउनुभयो। उहाँले यो सूचना प्रकाशित गरिएको जानकारी गराउनुहुदै अवस्था सहज भएको खण्डमा सेवा सुचारु हुने प्रतिकृया दिनु भएको छ।
स्रेस्तेदार उप-सचिव टिकेन्द्रवीर जङ्ग राणाले यो स्थगित गरिएको सेवा खुलेपछि क्रमशः प्रवाह गर्ने बताउनु भयो।