२०८२ भदौ २७ गते।
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले
अबस्था सुधार हुदै गएकोले केही खुकुलो सहित भदौ २८ गते भोलि बिहान सम्म कर्फ्यु आदेश जारी गरेको छ। आज २०८२/०५/२७ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रवाट जारी भएको कर्फ्यू /निषेधाज्ञा आदेशमा मिति २०८२।०५। २७ गते बिहान ०६:०० बजेदेखि १०:०० बजेसम्म र दिउँसो १६:०० बजेदेखि साँझ १९:०० बजेसम्म सर्वसाधारणहरुको दैनिक उपभोग्य बस्तु खरीद तथा अन्य आवश्यक व्यवस्थापन प्रयोजनार्थ कर्फ्यू तथा निषेधाज्ञा लागु नगर्ने तर बाकी समयमा कर्फ्यु आदेश पालन गर्नु पर्ने भनिएको छ।


मिश्रले जारी गर्नु भएको आदेशमा भनिएको छ, “मिति २०८२।०५।२७ गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार सुनसरी जिल्ला भरी लागु हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को दफा ३ (क) बमोजिम आज मिति २०८२।०५।२७गते बिहान १०:०० बजेदेखि दिउँसो १६:०० बजेसम्म निषेधाज्ञा तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज मिति २०८२।०५।२७ गते साँझ १९:०० बजेदेखि भोली मिति २०८२।०५। २८ गते बिहान ०६:०० बजेसम्म कर्फ्यू जारी गरिएको व्यहोरा जानकारी गराइन्छ ।”
यसैबिच सर्वसाधारणहरुको दैनिक उपभोग्य बस्तु खरीद तथा अन्य आवश्यक व्यवस्थापन प्रयोजनार्थ विहान ४ घण्टा र दिउँसो ४ घण्टा कर्फ्यू तथा निषेधाज्ञा लागु नगर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो।