सुनसरीका कानून व्यवसायीद्वारा राष्ट्र र संविधान बचाउनका लागि खबरदारी
सुकदेब चौधरी
भाद्र २७ गते । सुनसरी सदरमुकाम इनरुवा स्थित सुनसरी जिल्ला अदालत बार इकाई आवद्ध कानून व्यवसायीहरुले राष्ट्र र संविधान संकटमा परेको भन्दै बचाउनका लागि खबरदारी गरेका छन् । जेन्जी पुस्ताको सुशासनकायम तथा भ्रष्टाचार विरुद्धको आन्दोलन तथा प्रदर्शनका क्रममा गोली लागि ज्यान गुमाउन पुगेका जेन्जीहरु प्रति श्रद्धाञ्जली अर्पन तथा विभिन्न अस्पतालमा उपचार भईरहेका घाइतेको शिघ्र स्वास्थ्यको कामना गर्दै अहिले प्रधानमन्त्रीबिहिन अवस्थामा राष्ट्र र संविधान संकटमा परेकोले बचाउ गर्न भनी ७७ वटै जिल्ला बार तथा उच्च बार गरी देश भरीको ९० ठाउँकाबार इकाइहरुबाट कानून व्यवसायीहरुले खबरदारी गरी रहेको नेपाल बार एशोशिएशन कोशी प्रदेशका उपाध्यक्ष पदमप्रसाद लिम्बुले आफ्नो मन्तव्य राखेको छ ।
उक्त खबरदारी सभामा वरिष्ठ अधिवक्ताहरु अर्जुन मेहता, हेमराज पोखरेल, मणिराज दुलाल, बाबुराम भट्टराई, बारकाउन्सीलका निवर्तमान पार्षद प्रेम पोखरेल, पार्षद राजु ढकाल, पुर्व केन्द्रिय सदस्य पन्चनारायण मण्डल, पूर्व बार अध्यक्ष शिवराज चौहान, लखनलाल यादव, सारदा प्रसाद अधिकारी सुनसरी बार इकाई अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा युवा कानूनव्यवसायीहरुको उपस्थिती रहेको थियो ।
गत भादौं २३ गते जेन्जी पुस्ताका युवाहरुको देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा सिंहदरबार संसद भवन, सर्वोच्चअ दालत सहित विभिन्न सरकारी कार्यालय तथा नागरिकको जनधनको क्षतिप्रति भएको थियो ।
तस्वीर ः सुनसरी बार इकाई आवद्ध कानूनव्यवसायीहरुले राष्ट्र र संविधानबचाउनकालागिखबरदारी गर्दै ।
