नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

blog

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

 

sharethis-white sharing button
twitter-white sharing button
facebook-white sharing button

काठमाडौँ, भदौ २९ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।  

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।