गृहमन्त्री अर्यालद्वारा पदबहाली

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याल गृह मन्त्रालयमा पद बहाली गर्नुहुँदै । तस्बिर : केशब गुरुङ ।
काठमाडौं, भदौ ३० गते । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो ।
अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
