सुनसरी जिल्ला  अस्पतालमा बढेको ढिलासुस्ती र सेवा प्रवाहमा अनियमितता विरूद्धमा स्थानियले आबाज उठाएका छन् । स्थानीय अगुवाहरुको साझा संस्था इनरूवा अस्पताल सुधार संघर्ष समितिले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने र अस्पतालमा डाक्टरले जानिजानि विरामी मारेको प्रतिवेदन सार्वजनिक सहोतको जोडदार माग गर्दै ध्यानार्कषण गराउने भएको छ। स्थानीय समितिले डाक्टरहरु दैनिक बिहान १०-२ बजेसम्म मात्र होइन, २ बजे पछि पेयिङ सिस्टम गरेर १०-६ बजेसम्म बस्नुपर्ने,फार्मेसीमा आवश्यक औषधिको व्यवस्था गर्नुपर्ने र विमाबाट पाउनुपर्ने सबै औषधिहरु पाउनुपर्ने माग गरेका छन्। त्यसैगरी कर्मचारीहरुको श्रम शोषण बन्द गरि सरकारले तोकेको न्यूनतम तलबको व्यवस्था गर्नुपर्ने, अस्पतालमा संचालनमा रहेको ब्लड बैंकको सेवा २४ सै घण्टा सञ्चालन हुनुपर्ने, आइसियु, भेन्टिलेटर र सिटी स्क्यानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी अस्पताल मुनाफामा हुँदा अनावश्यक कर्मचारी राख्नु भन्दा आवश्यक डाक्टरहरूको व्यवस्था गर्नुपर्ने, अस्पतालको अतिक्रमित जग्गा फिर्ता गराइनुपर्ने र केही महिना अघि अस्पतालमा लापरवाहीका कारण इनरुवा २ कि राधादेवी महतो कोइरीको मृत्युको सम्बन्धमा छानबिन समितिको रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। समिति संयोजक दिलिपचन साहुले यी मागहरु लिएर आज मंगलवार दिउँसो ३ बजे अस्पताल जाऔं, अस्पतालको मेसुको ध्यानाकर्षण गरौं भन्दै सामाजिक सञ्जालनमा लेख्नु भएको छ।