नेपाल यादव सेवा समितिको २८ औ सधारण सभा तथा महाधिवेशन सानेपामा भव्यताका साथ सम्पन्न
नेपाल यादव सेवा समितिको २८ औ सधारण सभा तथा महाधिवेशन सानेपामा भव्यताका साथ सम्पन्न भएको छ।

समितिको नयाँ नेतृत्व चयनका लागि गठन भएको निर्वाचन समिति २०८२ पदाधिकारी तथा सदस्यहरु उमेदवारीको अन्तिमसम्म बढी उम्मेदवारी नपरेको र सर्वसहमती भएको जनाएको छ।

समिति अध्यक्षमा पुनः भुवनेश्वर यादव निर्बाचित हुनुभएको निर्वाचन मण्डली संयोजकः डा. नागेन्द्र यादवले जानकारी दिनुभयो।

समिति उपाध्यक्षमा महेश्वर यादव, महासचिवमा कपिल प्रसाद रोहिता यादव, सचिवमा सुभाष चन्द्र बिराजी यादल र कोषाध्यक्षमा सुरेश कुमार यादव निर्बाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरुमा राजेश्वर प्रसाद यादव, महेन्द्र प्रसाद यादव, विशेश्वर यादव, रेणु कुमारी यादव, नागेन्द्र राय यादव र दशरथ यादव निर्बाचित हुनुभएको छ।

महाधिवेशनमा निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाइ निर्बाचन संयोजक डा. नागेन्द्रप्रसाद यादव र निर्वाचन समिति सदस्यहरुले प्रमाण पत्र वितरण गर्नु भएको थियो।
