भोक्राहा नरसिंह गाउँपालिकालाई काठमाण्डौको एम्बुलेन्स
इनरुवा, असोज ७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई काठमाण्डौ महानगरपालिकाले एक थान एम्बुलेन्स सहयोग गरेको छ । मगंलबार देशभरका ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिकालाई एक थान एम्बुलेन्स सहयोग गरेको हो । भोक्राहा नरसिंहबासिहरुलाई सहयोग पुग्ने गरि एक थान एम्बुलेन्स सहयोग गरेकोले महानगरपालिकाका प्रमुख बालेन साहलाई भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले धन्यवाद दिनुभयो । उहाँले हाफूहरुलाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गर्नुभएकोमा भोक्राहा नरसिंह गाउँबासिहरुको तर्फबाट बिशेष धन्यवाद मेयर शाहूलाई दिएको बताउनुभयो ।

१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई काठमाण्डौ महानगरपालिकाले हस्तान्तरण गरेको एक थान एम्बुलेन्स ।
