सुनसरीको कोशी गाउँपालिकामा स्थानीय युवाहरु बीच सामाजिक सदभाव विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । कोशी १ लौकहीको श्री राष्टिय माध्यमिक विद्यालय सभा हलमा भएको संवाद कार्यक्रममा वक्ताहरुले अहिले भएको आन्दोलनको प्रमुख कारण र आक्रोष भ्रष्टाचार, ढिलासुस्ती अनि सामाजिक सञ्जाल प्रतिबन्ध भएको बताएका छन् ।


आन्दोलनमा अरुले नै आगजनी गर्दा समेत सबै आरोप समग्र युवाहरुलाई लगाएकोले त्यसमा सत्यता नभएको र कुनै जेनजी प्रतिनिधिहरुको संलग्नता नभएको दावी गरेका छन् । विभिन्न आस्था र विचारका युवाहरु आमनेसामने भएर कुराकानी गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । बुधबार सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको आयोजना भएको य्वाहरु बीच सामाजिक सदभाव विषयक संवाद कार्यक्रममा युजा सरोज यादवले जातीय, धार्मिक, सांस्कृतिक, राजनीतिक र वर्गिय विभेदको अन्त्य नभएसम्म सामाजिक सदभाव हुन नसक्ने बताउनुभयो ।


कोशी गाउँपालिका १ का चिरन्जीबी मण्डलले समुदायमा मेलमिलाप, एकता र सकारात्मक सोचको बिकास गरेर सदभाव कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
आन्दोलनमा युवाहरुको जोस बढी भएपनि सरकारी सम्पती तोडफोड, आगजनी र कागजातमा क्षती युवाहरुले नगरेको तर सबै आरोप युवाहरुलाई लगाएकोले विरोध जनाउनुभयो । उहाँले सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुकाउने प्रयासमा सरकार लागेको र अनिमिततामा देशलाई डुबाएको भन्दै युवाहरुलाई सृजनात्मक काममा लगाउनुपर्नेमा जाृड दिनुभयो । कार्यक्रममा अन्जली मण्डल, खुश्बु यादव, रेणु मेहता, विशाल मण्डल, रेहान खातुन, अनिसा उराँव, प्रविण यादव, करण मण्डल, संजिप यादव सहितकाले संवादमा युवाहरुको कुनै पनि तोडफोड, आगजनी र सरकारी सम्पती क्षती गर्दा संलग्नता नभएको दावी गरेका छन् ।

कुनैपनि असिष्ट काममा बास्तविक युवाहरुको संलग्नता नभएको भएपनि सबै आरोप समग्र युवाहरुलाई लगाएकोले त्यसमा सत्यता नभएकोले यसका बारेमा जनप्रतिनिधिहरु, सामाजिक अगुवा र राजनीतिक दलहरुका बीतमा यसप्रकारका छलफल र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले भ्रष्टाचार न्युनिकरण, अनावश्यक खर्च कटौती, सदाचार,जिम्मेबार व्यक्ति जवाफदेही हुनुपर्ने, सरकारी योजना तर्जुमा, बजेट निर्माण, गाउँ तथा नगर सभा र बजेटको कार्यान्वयनसम्मको चरणमा युवा, नागरिक समाज र दलहरुका बीचमा समन्वय, सहकार्य र सकाराम्मक सल्लाह सुझाव तथा सूचनाहरु आदनप्रदान गनुपर्ने बताएका छन् ।


कार्यक्रममा युवा विधार्थी करण मण्डलले देशमा बढेको भ्रष्टाचारले अरवौ क्षती हुने गरी आगजनी र तोडफोड भएको बताउनुहुदै त्यसको असर समग्र नेपाली नागरिकमा परेको बताउनुभयो । आगजनी र तोडफोडले आफ्नै नेपाली नागरिकको सबै प्रमाणहरु जन्मदर्ता, विवाह दर्ता, सामाजिक सुरक्षा भत्ता, नागरिकता जस्ता महत्वपूर्ण विवरणहरु नष्ट भएकोमा चिन्ता लागेको बताउनुभयो ।
कोशी ३ का युवा सलमान अंसारीले जेन्जी आन्दोलनमा देशभरका युवाहरुले शान्तीपूर्ण सहभागीता जनाएको तर केही घुसपैटहरुले आगजनी गर्दा समग्र आन्दोलन र देशलाई बदनाम गरेको बताउनुभयो । उहाँले देशमा मात्रै नभई आफ्नो कोशी गाउँपालिकामा समेत क्षती भएको गुनासो गर्दै तीन वटा वडामा आगजनी र पालिकामा क्षती भएकोमा विरोध जनाउनुहुदै यसमा भएको सबै आरोप समग्र युवाहरुलाई लगाएकोले त्यसमा सत्यता नभएको तर छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।
कोशी १ का प्रविण यादवले परिवर्तनका लागि भएको आन्दोलनमा जेल फुटाएर भाग्ने, सिंहदरबार जलाउने, संसद भवन जलाउने र न्यायलय तथा विभिन्न तहका सरकारका संरचनाहरु तोडफोड गर्दा समस्या भएको गुनासो गर्नुभयो ।
विभिन्न राजनीतिक दलहरुमा आवद्धहरु र स्वतन्त्र सरोकारबालाहरुबाट आएका सुझावहरुको ग्रहण गर्दै तुलनात्मक रुपमा समन्वय गर्दै अगाडी बढ्ने सहभागीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।
संवादमा युवाहरुसंगको समन्वय र सहकार्यक प्रभावकारी रहेको थियो । संवाद कार्यक्रमको सहजिकरण केन्द्रका जिल्ला संयोजक रमेश भट्टराई र संवाद सहजकर्ता जयकृष्ण यादव तथा फुलकुमारी रामले गर्नुभएको थियो ।


सबै सहभागी सरोकारबालाहरुको कुरा आपसी छलफल गर्ने भएपनि मौका मिलाउने काम सिएससीले गरेको बताएका छन । कार्यक्रमको मुख्य उदेश्य र आचारसंहिताका बारेमा सहभागीहरुलाई जानकारी गराईएकाले कार्यक्रम प्रभावकारी भएको थियो ।

संवाद सहजकर्ताले प्रस्तुतिकरणबाट विषयका बारेमा प्रष्ट जानकारी भएको , भुमिकाका बारेमा आफ्नो सबाल, असन्तुष्टी वा विवाद र सदभावका विषयमा, धारणा, जिज्ञासा र गुनासो राख्न दिएको थियो । सार्वजनिक हित तथा विकासमा समन्वय, सहकार्य र सकारात्मक सल्लाह तथा सूचनाहरु आदनप्रदान गर्ने प्रतिवद्धता जनाएको थियो ।