जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ९ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले यहाँका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गरेको छ ।

हालै सरुवा भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा आउनुभएको प्रहरी उपरीक्षक केशवकुमार थेवेले पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गर्नुभएको हो । संचारकर्मीहरुसँग परिचयात्मक कार्यक्रममा जिल्लामा शान्ती सुरक्षा, सीमासुरक्षा, आम नागरिकको हक अधिकार सहित, चाडपर्व नाममा हुने जुवातास नियन्त्रणको पक्षमा काम गर्ने थेवेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक थेवेले संचारकर्मीहरुसँग सूचना आदानप्रदान गर्न आग्रह गर्नुभयो । उहाँले परिचयात्मक तथा समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।