मिति २०८२।०६।०९ गते राति ००:२० बजेको समयमा जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.-०१ रानि खोला स्थितमा लागू औषध ओसार पसार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले ऐ. स्थित सडकको छेउमा झाडीमा बोरामा पोका पारी लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ १० के.जि. (दश किलोग्राम) फेला परेको हुँदा कानून बमोजिम बरामद गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।