लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लि. इनरुवाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न प्रतिवेदन प्रस्तुत तथा पारित गर्दै अगामि आर्थिक वर्ष २०८२।०८३ को योजना कार्यक्रम सहित लाटीदेवी बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा २०८२ सम्पन्न भएको हो । संस्थाका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभाको उद्घाटन गर्दै प्रमुख अथितिले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको भन्दा अग्रणी स्थानमा रहेर लाटीदेवीले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । आफूहरुले सहकारी संस्थाहरुलाई परेको समस्यामा सघाउन संघ सधै तयार रहेको भन्दै छाता र साझा कार्यक्रम मार्फत् सेवा दिने योजना बनाएको बताउनुभयो ।


सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले २०६८ साल बैसाख २१ गते विधिवत दर्ता भई सञ्चालनमा रहेको संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सघाउँदै आएको बताउनुभयो । संस्थाले सदस्यहरुको हितलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्दै आएको र ऋण लगानीमार्फत् आय आर्जन वृृद्धि गरी सदस्यहरुको जीवनस्तर परिवर्तन ल्याउन संस्था क्रियशिल रहेको उहाँको भनाई छ । सहकारी मार्फत अभावयुक्त र असमानताको बीचमा रहेको समाजको हितमा केहि हदसम्म भएपनि संस्थाले योगदान पु¥याएको उहाँले बताउनुभयो । सहकारीले सदस्यको हितको लागि काम गर्नुपर्ने र सदस्य केन्द्रीत कारोबारबाट मात्रै संस्था सुरक्षित हुने भएकाले संस्थाले विभिन्न प्रकारको बचत खाता सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । अध्यक्ष घिमिरेले सदस्यहरुलाई आफ्नो क्षमता अनुसार बचत गर्न आग्रह गर्नुभयो ।


सहकारीमा २७ जना संस्थापक सदस्यहरु रहेकोमा संस्थाले आर्थिक बर्ष २०८१÷८२ को असार मसान्तसम्म ३५१ म्हिला र २९६ पुरुष गरेर ६४७ जना सदस्य, एक करोड ३६ लाख शेयर पुँजी, तीन करोड २७ लाख पाँच हजार ८१ रुपियाँ ४९ पैसा बचत संकलन र तीन करोड ३६ लाख ४९ हजार रुपियाँ कर्जा, ऋण सापट लगानी गरेको छ । संस्थाले सहकारी शिक्षा, स्वास्थ्य, तालिम, पुरस्कार तथा सम्मान जस्ता सदस्य केन्द्रीत कार्यक्रम गर्दै आएको छ । अध्यक्ष घिमिरेले यस आर्थिक बर्षको प्रस्तावित कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो भने सभाले प्रस्तावहरुलाई पारित समेत गरेको थियो । सभामा लेखा समिति संयोजक लेखराज निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


सभामा इनरुवाका विभिन्न सहकारी संस्थाका अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । सभाको सञ्चाल विमला पोखरेलले गर्नुभएको थियो ।