लाटीदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृष्ण प्रसाद घिमिरे
जयकृष्ण यादव । इनरुवा
सुनसरीको इनरुवा ५ बलाहामा रहेको लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लि. इनरुवाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्पन्न भएको सभाले पुनः लाटीदेवी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कृष्ण प्रसाद घिमिरेलाई निर्वाचित गरेको छ ।

संस्थाको उपाध्यक्षमा नारायण प्रसाद भट्टराई, सदस्यमा रमेश खतिवडा, विमला पोखरेल, रामहरि पोखरेल, उमा खतिवडा र मकसुद मियाँ चयन हुनुभएको छ । त्यसैगरी लेखा समिति संयोजकमा लेखराज निरौला, सदस्यदोयमा अर्चना भट्टराई र दुर्गा अधिकारी चयन हुनुभएको निर्वाचन समिति संयोजक बालकृष्ण पोखरेलले जानकारी दिनुभएको छ ।
