शान्ति सुरक्षा एवम नागरिक सरोकारका विषयमा छलफल
सुकदेव चौधरी। इनरुवा

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) केशवकुमार थेवेले नागरिक, नागरिक समाज र प्रहरीको सुदृढ सम्बन्धले मात्र पूर्ण शान्ति सुव्यवस्था हुने बताउनु भएको छ। आज संघसंस्था र नागरिक समाजका अगुवाहरूसंगको परिचयात्मक कार्यक्रममा थेवेले समाज सुरक्षित र समृद्ध हुन नागरिकलाइ प्रहरीसँग हातेमालोको लागि आग्रह गर्नुभयो।आज मिति २०८२ साल असोज १२ गते आईतबारका दिन जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा प्रहरी उपरीक्षक केशव कुमार थेवेको नागरिक समाज तथा विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरुसँग परिचयात्मक तथा शान्ति सुरक्षा एवम नागरिक सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा सबैले आ आफ्नो ठाउँमा भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको थियो। सहभागी महानुभावहरुले सिमा सुरक्षा,चोरीपैठारी र तस्करी नियन्त्रण, जुवातास, लागुऔषध नियन्त्रण, ट्राफिक निगरानी र नियमित रूपमा गस्ती गर्नु पर्ने सुझाव दिनु भएको छ। कार्यक्रममा एसपी केशव कुमार थेवे, डिएसपी योगराज खतिवडा, पुर्व प्रहरी मोहिनी भण्डारी,पहला वहादुर कटवाल,केशव पाण्डे,सरोज बराल, महिचन साह, नारायण प्रसाद आचार्य, चितरंजन यादव,विष्णु थापा मगर,सत्यनाराय मेहता , अधिवक्ता सुकदेव चौधरी, बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद दाहाल, इनरुवा जेसिजका सत्यनारायण यादव (सत्य) अधिकारकर्मी सहजादी प्रबिण, बिनीता दहाल, इन्सेक जय कृष्ण यादव,विर्सु लाल उराव सहित ३० बढी सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा थेवेले शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा समाज तथा राष्ट्रमा शान्ति नभई विकास सम्भव नभएकाले नागरिक र प्रहरीको सहकार्यमा जोड दिनुभयो।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदायिक–प्रहरी साझेदारीको अवधारणाबमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै आफूले पाएको सूचनालाई प्रहरीसमक्ष दिन अनुरोध गर्नुभयो ।
नागरिकका सुझाव तथा सूचनाहरू गोप्य हुने प्रतिबद्धता व्यक्त गर्दै सबै प्रकारका सामान्य तथा गम्भीर प्रकृतिका घटनालाई समेत प्रहरीसामु ल्याई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सक्रिय हुँदै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनीत कार्यमा हातेमालो गर्न जोड दिनुभयो। चाडपर्व शान्ति तवरले मनाउन २४ घण्टा नै प्रहरी परिचालन गराई समग्रमा सुरक्षा प्रदान गरिने जानकारी दिनुभयो।
पूर्वप्रहरी कर्मचारीहरू,जिल्लाका अगुवाहरु,उधोग वाणिज्य संघ, जेसोज, स्थानीय क्लबहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको छ।
