लागू औषध गाँजा सहित मानिस पक्राउ

सुनसरीको धरानमा लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरिएको छ । प्रहरीले जिल्लाको धरान उप–महानगरपालिका वडा नं.–४ बुद्ध बिहारबाट गाँजा सहित एकजनालाई पक्राउ गरिएको हो ।

यहाँ स्थित लागू औषध ओसार पसार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, मोरङ, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भेडेटारबाट धरानतर्फ ल्याउँदै गरेको जिल्ला धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं.–८ बस्ने १९ वर्षिय बिबसन राईलाई रोकी कानुन बमोजीम चेकजाँच गर्दा अबैध लागु औषध गाँजा २७५ केजि ( दुई सय पचहत्तर किलो ग्राम ) फेला पारी कानुन बमोजिम बरामद गरेको हो राई र गाजाँ सहित इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ ।