सुन्दा अच्च लाग्न सक्छ तर घटना सत्य हो । सुनसरीमा आफ्नै श्रीमती लिन ससुराली जादाँ झडप भएको छ । झडपमा परेर पाँच जना घाईते भएका छन् । यो घटना असोज १२ गते साँझ ६ बजेको समयमा जिल्लाको हरिनगर गाउँपालिका वडा नं. १ रामनगरभुटाहामा भएको हो । करिव ३० वर्षीय नुरुल मियाँले ससुरालीमा आफ्नो श्रीमती २७ वर्षीया हजरा खातुनलाई बोलाउन गएकोमो झडप भएको हो ।

स्थानीयका अनुसार

के–कुन कारण निजको श्रीमती आउन नमानेर वाद–विवाद भई झडप र कुटपिट हुदाँ पाँच जना घाईते भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरी चौकी भुटाहाका अनुसार एक पक्ष केटा श्रीमान सुनसरीको हरिनगर गा.पा. वडा नं. १ भुटाहा बस्ने वर्ष ३० को नुरुल मियालाई सामान्य चोट लागेको छ भने उनको आमा वर्ष ४५ की अरेशा खातुनको टाउको भित्रि भागमा चोट लागेकोले जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार पश्वात थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगरमा पठाईएको छ । झडपका अर्को पक्ष मियाँको ससुरा भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ का ५५ वषीय कालिम मियाँ, निजको सासुआमा ५३ वर्षीया बुद्वनी खातुन र निजको श्रीमती २७ वर्षीया हजरा खातुन घाईते भएको प्रहरीले जनाएको छ ।