जजन्युज। जमुवा सुनसरी
सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ जमुवामा राजमार्ग उत्तरतर्फको प्रवेशद्वारमा उराँव समुदायलाई सामावेस नगरेको भन्दै विरोध भएको छ। कोशि टप्पु वन्यजन्तु आरक्ष जाने बाटोमा जमुवा चोक उतरको प्रवेशद्वारमा एक समुदायलाई मात्रै सम्बोधन गर्नु र त्यसमा उराँव समुदायलाई उपेक्षा गरी सामावेस नगरेको भन्दै उरावहरुले विरोध जनाएको छ ।

उराँव सामुदायका अगुवाहरुले गेटमा नै मंगलबार पत्रकार सम्मेलन गरी उराँव समुदायको एतिहासिक गाउँ, बस्ती, टोल र बसोबास तथा धार्मिक स्थल धर्मबेलस गुन्बा मन्दिरको पहिचान प्रवेशद्वारमा नराखी जामा मस्जिद र श्री राष्ट्रिय मा वि सोभनपुर मार्ग नमाकरण गरेको प्रती विरोध जनाएको हो ।


उराव समुदायका अगुवा छेबि उराँव बिर्सुलाल उराँव लगायतकाले प्रवेश द्वारमा सबै समुदायको सम्मान हुने गरि लेख्नु पर्ने मा एउटा मात्रै समुदाय लाई पृष्ठपोषण गर्ने गरि जामा मस्जिद लेखिएको प्रती विरोध जनाउनु भएको छ । उराँव हरुले समावेशी रुपमा गेटमा सन्सोधन नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन।

उराँवको सबालमा हिन्दु सम्राट सेनाका अभिषेक साह , स्थानीय युवा जीवन साह, सुरेन्द्र यादव सहित दर्जनौं स्थानीयले समर्थन जनाएको छ । त्यसैगरी गेटमा उराँवको सबाल समाबेश नभएकोमा त्यस विरूद्धमा भएको र थप हुने आन्दोलनमा नेपाल झागड उराँव युवा मोर्चा कुडुख भाषा सांस्कृतिक उत्थान मन्च केन्द्रिय अध्यक्ष देव नारायण उराँव , उपाध्यक्ष देवेन्द्र उराँव, सह- सचीव बुद्धि लाल उराँव लगायतकाले समर्थन जनाउनु भएको थियो ।


यता कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले उक्त गेटमा लेखिएको शब्दबाट कसैलाई असर पार्ने र उपेक्षा गर्ने नियत नरहेको, नभएको प्रतिक्रिया दिनुभयो।

अन्सारीले गेटमा लेखिएको शब्दबाट कसैलाई असर भए वा हटाउनुपर्ने भए हटाउने र अरु केही थप्प्नुपर्ने भए थप्प्न र समावेशी बनाउन तयार रहेकोे बताउनुभयो।