सुनसरीको इनरुवामा दशैको मेला सुरुवात भएको छ। स्थानीय भगवती मन्दिर, दुर्गा मन्दिर, कालि मन्दिर सहितको शक्ति पिठमा महानबमी, दसमी र एकादशीको दिन लाग्ने भव्य दशैको मेला सुरुवात भएको हो।

उता तराई–मधेसमा मधेसी समुदायले पनि टीका लगाएर दशैं पर्व मनाउन थालेका छन्। सुनसरीको इनरुवा सहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दशैंको टीका थाप्दै दशैं मनाउन थालेका छन्।  

समाज परिवर्तनको गतिशीलतासँगै जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाडी समुदायमा समेत मनाउन थालिएको छ, त्यसरी नै तराई–मधेसमा मधेसी समुदायले समेत दसैँ पर्व संगै टिका लगाएर मनाउन थालेका हुन्। मधेसको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाटबाट भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतविद रमेश रञ्जन झा बताउँछन्। स्थानीय भन्छन्, ‘यस पहिचानलाई फराकिलो गर्दै टीका ग्रहण तथा मान्यजनबाट आर्शिवाद लिने परम्परा मधेसमा बढ्दै गएको छ।

{“data”:{“prop_list”:[{“addTime”:1759282917332,”canDelete”:true,”content”:”{\”add_from\”:1,\”third_id\”:\”3097617948\”,\”icon_url\”:\”https:\\/\\/lf16-effectcdn-sg.tiktokcdn.com\\/obj\\/ies.fe.effect.alisg\\/6404b1e8ded7cb068708ea828b30ecf2\”}”,”display”:true,”extra”:”{\”resource_id\”:\”19219317015\”}”,”iconUrl”:”https://p16.tiktokcdn.com/obj/tiktok-obj/20px_anchor_effect3x.png”,”isEditProp”:false,”keyword”:”happy dashhara”,”language”:””,”subtype”:””,”third_id”:””,”time”:””,”type”:28,”url”:””}],”met_publish_data”:[{“effect_list”:””,”effect_source”:”102″,”is_parent_template_used”:false,”is_prop_panel_cache_list”:”0″,”met_parent_resource_ids”:””,”prop_category”:””,”prop_list”:”3097617948″,”prop_panel_pin_type”:””,”prop_impr_position”:”1″,”prop_selected_from”:”prop_carousel_trending”,”resource_list”:”19219317015″,”tab_key”:”trending”}],”product”:”aweme”}}

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यो नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ।’ नौराथाको अष्टमी र नवमीको दुवै भूगोलमा आ–आफ्नै विशेषता छ। पहाडमा मनाउने दशैं उत्सव र चाडपर्वको हिसाबले पहाडी समुदायले मनाउने गर्दछन् भने मधेसमा भिन्नखालले दशैं मनाउने गरिन्छ। तराई–मधेसमा निराहार व्रत बसेर तपस्याको रुपमा मनाउने गरिन्छ।