काठमाडौंको विभिन्न अस्पतालमा बिरामीका सहयोगी कुर्वाहरुलाइ दाताले निशुल्क खाना खुवाएको छ। ट्रमा सेन्टर, वीर अस्पताल ,कान्ति बाल अस्पताल, टिचिङ हस्पिटल र गंगालाल हृदय केन्द्र अस्पताल लगायतमा भर्ना रहेको बिरामी र बिरामीका कुर्बाको लागि खाना खुवाएको हो। करिब ३०० जनालाई खान व्यवस्था मिलाइएको छ।

दशैंभरि र बडादशमीको बेला सबै होटलहरू रेस्टुरेन्टहरू बन्द हुने यस बेलामा बिरामी कुरुवाहरूलाई एकदमै अप्ठ्यारो हुने भएकोले खाने व्यवस्था मिलाएर खुवाएको दाता डा.अबुल हुसेन अन्सारीले जानकारी दिनु भयो।


नेपाली काङ्ग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि, समाजसेवी तथा युवा नेता दाता अन्सारीले दशैको बेला खानाको समस्या हुने कुरालाई मध्यनजर राख्दै यो खाना खुबाउने कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना सबैमा व्यक्त गर्दै खानाको व्यवस्था मिलाएको समाजसेवी तथा युवा नेता अन्सारीले बताउनु भयो।