देवराजा यादव । सुनसरी।

सुनसरीको लौकही सिमानाकाबाट लागुऔषधसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी लौकहीबाट इंस्पेक्टर मनीष कटुवालको नेतृत्वमा खटिएको टोलीले लौकही सिमानाकाबाट दुई जनालाई पक्राउ गरेको हो।


पक्राउ पर्नेमा जिल्ला सुनसरी रामधुनी न.पा.-०३ नयाँ टोल वस्ने वर्ष २० को रमेश श्रेष्ठ र ऐ.ऐ. वस्ने वर्ष १७ को जिवन दाहाललाई सिमानाकाबाट नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी भण्टाबारीका डिएसपी केदार जंग थापाले बताए ।
उनीहरुको साथबाट Tramadol Hydrochloride Capsules IP Tramol -50 – ६० पत्ता (६०० क्याप्सुल दुईवटा मोवाइल पनि बरामद गरिएको छ। उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ
सशस्त्र प्रहरी बल बीओपी लौकहीका इंस्पेक्टर मनीष कटुवाललेले भन्छन्, “सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानीलाई तीव्र बनाएको छ। सशस्त्र प्रहरीले पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि चेकजाँच र गस्तीलाई थप कडाइ गर्दै आएको डिएसपी थापाले जानकारी दिए