जजन्युज समाचारदाता। काठमाडौं

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ निबासी हाल काठमाडौंमा रहनुभएको डाक्टर अबुल हुसैन अन्सारीले प्रहरीलाइ रेनकोट प्रदान गर्नु भएको छ। काठमाडौं सहित देशभरि वर्षा भइरहेकोले दिन रात नागरिकहरूकाे शान्ति सुरक्षा, उद्धारको साथै अन्य काम पनि सहयोग गर्दै आएको नेपाल प्रहरीलाई रेनकोट वितरण गर्नु भएको हो। अन्सारीले विपतको बेलामा सबैले सबैलाई सहयोग गरौँ भन्दै प्रहरीलाइ रेनकोट प्रदान गर्नुभएको छ।

काठमाडौं सहित  जिएनजी आन्दोलनमा धेरै प्रहरी चौकीहरू जलाइएको भएपनि, प्रहरीले हामी नागरिकलाई शान्ति सुरक्षा दिने व्यक्तिहरू भएकोले यो विपतको बेलामा उहाँहरूलाइ रेनकोट प्रदान गरेको जानकारी दिनु भएको छ। काठमाडौंमा रेनकोट नभएको कारण वर्षायाममा समस्यामा नपरोस् भनेर प्रहरी प्रभाग हनुमान स्थान सहितको प्रहरीलाइ रेनकोट प्रदान गरेको अन्सारीले जानकारी दिनुभएको छ। विभिन्न ठाउँमा ५१ वटा प्रहरी र सङ्घसंस्थालाई उद्धारमा खटिने संघसंस्थाका युवाहरूलाई रेनकोट प्रदान गरेको अन्सारीले जानकारी दिनुभएको छ।