जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १९ गते ।
देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको बहाव आईतबार साझँ प्रतिसेकेण्ड पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । पानीको बहाव असामान्य रुपमा बढेकोले मध्यानदेखी कोशीको ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सप्तकोशीमा असामान्य रुपमा बढेको पानीको बहावले जोखिम उच्च भएपछि आइतबार मध्यानबाट अति आवश्यक बाहेकको सवारी साधन आगवनमा रोक लगाएको मिश्रले जानकारी दिनुभयो । उहाँले कोशीमा दशककै बढी असामान्य रुपमा बहाब बढेकाले सवारीमा रोक लगाएको जानकारी दिनुभयो । कोशी ब्यारेजमा पानीको बहाव आईतबार साझँ ५ बजेको मापन अनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेण्ड पुगेपछि ब्यारेजमा ५६ वटै ढोका खोलिएको जानकारी दिनुभयो ।
सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दैगएको र पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान पनि गरिएको जनाएको छ । कोशी नदी आसपासमा काठ दाउरा संकलन गर्नेदेखी बाटो हिड्ने बडुवा र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल समेत गरेको मिश्रले जानकारी दिनुभयो ।


१, देशकै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ढाड राखेर आवतजाव बन्द गर्दै प्रहरी ।
तस्विर ः