दुई सय परिवार विस्थापित

सुनसरी सदरमुकाम इनरुवाको विभिन्न वडाका दर्जन बढी बस्ती डुकानमा परेकाले दुई सय परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोलाको बाढी र पूर्वमा गडन खोलाको बाढीले जिल्ला सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ३, ४, ९ बबिया र १० जल्पापुर सहित दर्जनौं बस्ति डुवानमा परेको स्थानियले जनाएका छन् । सुनसरी खोलाको बाढीले इनरुवा ३ को मुसहरी बस्ती, इनरुवा ४ को डुम बस्ती, उराँव बस्ती र बर्खेडाडा, इनरुवा ९ बबियाको राम टोल, खत्वे टोल र मुस्लिम टोल तथा इनरुवा नगरपालिका १० को जल्पापुर सहित मरिया खोला किनारमा बस्ने मुस्लिम बस्ति डुवानमा परेको स्थानिय मुसतकिम मियाँले जानकारी दिनु भएको छ । यहाँका करिख दुई सय परिवार विस्थावित भएर स्थानीय विद्यालयहरुमा बसिरहेको इनरुवा नगरपालिका सूचना अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो ।
सुनसरी खोलाको बाढीले नै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ को उराव टोल, सदा टोल, मुस्लिम बस्ति, यादव टोल, ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल सहितको पाँच यस घर डुवानमा परेको स्थानीय महेन्द्र यादवले जानकारी दिनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ को बाबा पेपर मिल, विभिन्न स मिल, टपरा टोल, मुस्लिम बस्ति सहित ४ सय परिवार डुबानमा परेको र केही परिवार आशिंक रुपमा बिस्थापित भएको वडा अध्यक्ष हबिब मंसुरीले जनाकारी दिनुभयो । उता भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ को दास टोल, मण्डल र यादव टोलको एक हजार बढी घर डुवानमा परेको वडा अध्यक्ष बौवालाल यादवले जानकारी दिनुभयो ।
उता गडन खोलाको बाढीले जिल्लाको गढी गाउँ गाउँपालिका २ औरावनी, ५ र ६ नम्बर वडाको सतैरझोराको केही बस्ति डुवानमा परेको छ ।
केहीले घर छाडेर सुरक्षित स्थान तर्फ गएको स्थानीयले जानकारी दिएपनि कति विस्थापित भएको विवरण नआएको प्रहरीले जनाएको छ ।
वर्षाको पानीमा डुबेर भोक्राहा नरसिंह गाउँपालिका ७ को उपेन्द्र यादव रोहिता यादवको मृत्यु भएको स्थानीयले जनाएको छ ।