सुनसरीको इनरुवामा भोलि बिहान वाट भनिएको प्राथमिक शिक्षा वर्ग तालिम असोज २४ गतेदेखि भगवती माविमा हुने भएको छ । हिन्दु स्वयमसेवक संघ नेपाल सुनसरीको आयोजना हुने प्राथमिक शिक्षा वर्ग तालिम वर्षा र बाढीले गर्दा तिनदिन ढिलो हुने भएको हो । सोमबार एक बैठक बसि कार्यक्रमकाे मिति सारिएको जनाएको छ । इनरुवा नगरपालिका १ गोबरैया स्थित भगवती माध्यामिक विद्यालयको प्राङगणमा असोज २४ गते देखि ३१ गते सम्म संचालन हुने भएको हिन्दु स्वयमसेवक संघ नेपालका दिलिप चन साहले जानकारी दिनु भयो। साहले किशोर युवाहरुलाई आर्दशवान बनाउन र आफ्नो धर्म संस्कृति संस्कारलाई निरन्तरता दिनका लागि तालिम संचालन गरिएको बताउनु भयो।

हिन्दु अगुवा श्रवण यादवले युवाहरुलार्ई समाजप्रति नैतिकवान बनाईने तालिम दिन लागेको बताउनु भयो । हिन्दु स्वयमसेवक संघका संघचालक सहितको उपस्थितिमा भएको बैठकले तालिमको तयारी पुरा भएको समेत जनाएको छ।