गृहमन्त्री र सुनसरीका समाजसेवी तथा युवा नेता डा. अबुल हुसेन विच भेट, सुनसरीसहित देशका विभिन्न बाढीग्रस्त क्षेत्रमा राहत उपलब्ध गराइदिन आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई सुनसरीका समाजसेवी तथा युवा नेता डा. अबुल हुसेन अन्सारीले भेट गरी सुनसरीसहित देशका विभिन्न बाढीग्रस्त क्षेत्रमा राहत उपलब्ध गराइदिन माग गरेका छन्।

भेटका क्रममा डा. अन्सारीले हालैको अविरल वर्षाका कारण सुनसरी जिल्लामा बाढी र पहिरोबाट व्यापक क्षति भएको जानकारी गृहमन्त्रीलाई गराएका थिए। उनले सरकारका तर्फबाट तत्काल राहत तथा सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन्।

भदौ १९ र २० गतेका दिन परेको तीव्र वर्षापछि सुनसरीसहित देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएको थियो। विशेषगरी सुनसरी जिल्ला अति प्रभावित क्षेत्र भएकाले तत्काल राहत तथा पुनःस्थापना कार्यक्रम अघि बढाउन डा. अन्सारीले जोड दिएका छन्।
गृहमन्त्री अर्यालले बाढीपीडितका लागि राहत उपलब्ध गराउने कार्य तीव्र गतिमा अघि बढिरहेको बताउँदै सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन्।
डा. अन्सारीले गृहमन्त्रीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गर्दै पीडित नागरिकका समस्यामा सरकार गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गरे।