बबियाको १२ परिवारलाई खाध्यान्न वितरण

ममता कुुमारी यादव। इनरुवा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ निबासी हाल काठमाडौंमा रहनुभएको डाक्टर अबुल हुसैन अन्सारीको सहयोग र सत्य संसार सुनसरीको सहजिकरणमा इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाको १२ परिवारलाई खाध्यान्न वितरण गरेको छ।

इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाको सुनसरी खोला किनारमा बस्ने शर्मा समुदायको १२ परिवारलाई खाध्यान्न वितरण गरेको हो।

सत्य संसार प्रकाशक ममता कुमारी यादवले बाढी पिडित एकल महिला मुर्ति खत्बे सहितको १२ परिवारको सदस्यलाई खाध्यान्न वितरण गरेको छ।

स्थानीय शोभा खत्बे, आशा खत्बे, शंकर खत्बे, रामनारायण खत्बे, लोदाइ खत्बे, सत्य नारायण खत्बे, सत्रुधन खत्बे, रामप्रसाद खत्बे र कुमारी खत्बे सहितको सुकुम्बासी परिवारलाई खाध्यान्न वितरण गरेको जनाएको छ।



यसैबिच युवा व्यवसायी श्रवण यादवले बाढी पिडितहरुलाई सत्य संसार मार्फत एक बोरा आलु र एक बोरा प्याज राहत स्वरुप वितरण गरेको छ।

उता पत्रकार जयकृष्ण यादवले ८ परिवारका सदस्यहरूलाई चार दिन पुग्ने खाध्यान्न वितरण गर्नु भएको छ।




यसअघि पनि भोक्राहा नरसिंह र हरिनगर गाउँ पालिकाको बाढी पिडितहरुलाई समाजसेवी अन्सारीले राहत वितरण गर्नु भएको थियो ।

चार दिन अघि मात्रै काठमाडौं सहित देशभरि वर्षा भइरहेकोले दिन रात नागरिकहरूकाे शान्ति सुरक्षा, उद्धारको साथै अन्य काम पनि सहयोग गर्दै आएको नेपाल प्रहरीलाई ५३थान रेनकोट वितरण गर्नु भएको अन्सारीले विपतको बेलामा सबैले सबैलाई सहयोग गर्नु पर्ने भावनाले राहत वितरण कार्यमा सहायता गर्नु भएको थियो।