भोक्राहा । सुरेन्द्र कुशवाहा
सुनसरीको विभिन्न स्थानीय तहका किसानहरूले लगाएको केरा बारीमा ठूलो क्षति भएको छ। अस्तिको अबिरल बर्षा र संगै आएको हाबाहुन्डरीले  सयौं विघा केरा खेती क्षति भएको पिडित केरा किसानले बताएका छन्। लाखौंको लगानी गरेर लगाएको केरा खेतीमा बाढीले क्षति भएपछि किसानहरू निराश बनेको इनरुवा नगरपालिका वडा नम्बर ९ बबियाका किसान श्याम यादवले जानकारी दिनुभयो। यादवले आफुले दुइ विघामा लगाएको केरा खेतीमा ठूलो क्षति भएकोले ७ लाखको नोक्सान भएको गुनासो गर्नु भएको छ। पिडित केरा किसानले एक पटक लगाएपछि ३ वर्ष सम्म फल्ने भएपनि बाढी र हाबाहुन्डरीले नोक्सानी बताएका छन्। उता लाखौंको लगानी गरेर कृषि पेसामा व्यवसायी रूपमा काम गर्दै आएको केरा खेतीमा शुक्रबार र शनिबारको अबिर बर्षाको कारण पुर्ण रूपमा क्षति भएपछी किसान निराश बनेका छन ।


सुनसरीको भोक्राहा नरसिंह गाउँ गाउँपालिका २ का किसानहरुले लगाएको केरा खेतिमा क्षति भएकोले किसान निराश बनेको हो।   भोक्राहा नरसिंह गाउँपालिका वार्ड नम्बर २ का किसान एयुब मियाले विगत ८ बर्ष देखि निरन्तर रूपमा केरा खेती गर्दै आउनु भएकोमा यो बर्ष ठूलो क्षति भएकोलेपिडित बनेको बताउनु भएको छ। उहाँले ३ बिघा १० कठ्ठा लगाउनुभएको केरा खेति पुर्ण रूपमा क्षति भएपछि आफूलाई चिन्ता, तनावले सताएको जानकारी दिनुभयो। 
उहाले १३ लाख रुपिया गरेको भएपनि अबिरल बर्षाबाट केरा खेतिमा लगानी बर्षाको पानी संगै डुबेको बताउनुभयो।  बैंकबाट ६ लाख रुपिया ऋण उठाएर दैनिक ५-६ जना जनमजदुर लगाएर  केरा खेती गरेकोमा अबिरल बर्षा बाट केरा खेती क्षति भएपछि निराश भएको सुनाउनुभयो।


त्यसैगरि सोही वडाका अर्का किसान बिरेन्द्र ठाकुरले ७ कठ्ठामा १ लाख रुपिया लगानी गरेर लगाएको केरा खेतीमा पनि अबिरल बर्षा र हावा पानीले क्षति पुगेपछि आफू पहिलो बर्षमै   निराशा पन्न पुगेको  बताउनुभयो ।
सुनसरीमा व्यवसायी रूपमा केरा लगायत खेती पाती गर्दै आएका किसानहरु प्राय जसो प्रकृति तथा विपदबाट पिडित हुने गरेको छ। खेतिपातिमा ठूलो असर तथा क्षति खेप्दै आएका किसानहरु निराशा बन्दै गएका छन।

लगातारको अविरल बर्षाले सुनसरी खोलामा आएको बाढी बाट  भोक्राहा नरसिंह गाउँपालिकाका गाउँका बस्ती टोल डुबानमा परेका छन । सुनसरी खोलाको बाढीले भोक्राहा नरसिंहका वडाहरु डुबानमा परेका हुन।
सुनसरी खोलाको बाढी बाट भोक्राहा नरसिंहका वडा नम्बर १ का  १ सय २५ घर , वडा नम्बर २ का  १ सय ५० घर , वडा नम्बर ३ का १ सय ५० घर , वडा नम्बर ४ का ६ सय ५० घर वडा नम्बर ७ का ७ सय घर र वडा नम्बर ८ का १ सय ५० घर गरि जम्मा  घरपरिवार डुबानमा परेको भोक्राहा नरसिंह गाउँ पालिका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिनु भएको छ । पालिका अध्यक्ष अजादका अनुसार बाढी बाट डुबानमा परेका घरपरिवारका बालबालिकाहरुको लागि च्याउ च्याउ , बिस्कुट र खानेपानी वितरण गरिएको  बताए । साथै  बाढीले घरमा पनि पसेपछि दलित बस्ती लगायतका घरपरिवार लाई निशुल्क रूपमा खाना खुवाउने व्यवस्था भोक्राहा नरसिंह गाउँ पालिकाले गरिएको जनाएका हुन ।