डुबेर बालकको मृत्यु

इनरुवा, असोज २१ गते । सुनसरीको हरिनगर गाउँपालिका १ रामनगरभुटहामा एक बालकको डुबेर मृत्यु भएको छ । बाढीको आफ्नै आगनमा जमेको पानीमा डुबेर हरिनगर १ का नियामुदिन साफिको तीन वर्षीय छोरा फरान साफिको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आफ्नै घरको आगनमा जमेको पानीमा डुबेको अबस्थामा बालक फेला परेको हो । डुबेको अवस्थामा मृतकको आमाले उपचारको लागि जिल्ला अस्पताल ईनरुवामा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको खतिवडाले जानकारी दिनुभयो ।