मिति २०८२।०६।२४ गते १९:०५ बजेको समयमा जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं.-०४ बसचौक स्थित पुर्व पश्चिम राजमार्गमा लागू औषध औसार पसार कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ऐ.ऐ. स्थीत उत्तरबाट दक्षिण ( ईनरुवा नगरपालिका वडा नं.-०४ को रेडक्रस कार्यालयको एरिया बाट बसचोक ) तर्फ आउदै गरेको तत्काल नम्बर नखुलेको मोटर साइकल चेकजाँच गर्न खोज्दा उक्त मोटर साइकलमा पछाडि सवार जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं.-०४ बस्ने राम प्रसाद मेहताको छोरा बर्ष ३३ को कृष्ण कुमार मेहता मोटर साईकलबाट फाल हानि भाग्न खोज्दा कानुन बमोजीम नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट ३ ( तिन ) वटा प्लाष्टिकमा छुट्टा-छुट्टै लुकाई-छिपाई राखिएको अवस्थामा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ जम्मा १९७.६१ ग्राम ( एक सय सन्तानब्बे ग्राम छ सय दश मिलिग्राम ) फेला परेको हुँदा निजलाई उक्त लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको, साथै उक्त फरार रहेको मोटर साईकल र मोटर साईकल चालकको खोजतलास गर्ने कार्य भइरहेको ।