बैंकमा सामाजिक सुरक्षा भता खाने लाभग्राहीलाइ रकम उठाउन सास्ती
सुनसरीको इनरुवा नगरपालिका क्षेत्रका सामाजिक सुरक्षा भता खाने लाभग्राहीलाइ रकम उठाउन सास्ती खेप्नु परेको छ। इनरुवा नगरपालिकाले तिन वटा वडाको सामाजिक सुरक्षा भताको रकम नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लि.मा निकासा दिएको र एकैसाथ सबै लाभग्राही आउने भएकोले उनी हरुलाइ रकम उठाउन सास्ती खेप्नु परेको हो। इनरुवा नगरपालिका वडा नम्बर ३, ९ र १० का लाभग्राहीलाइ बैंकबाट रकम उठाउन सास्ती खेप्नु परेको स्थानिय महाबिर खत्बेले जानकारी दिनु भएकोछ। बैंकको इनरुवा शाखाले सबै लाभग्राहीहरु एकसाथ आउने र भेलाजम्मा हुदा भिड बढेको र उनीहरूलाइ केही मात्रामा रकम उठाउन सास्ती खेप्नु परेको जनाएको छ।

इनरुवा शाखामा रकम नगरपालिकाले निकासा दिएको जुन सुकै बेला भुक्तानी लाभग्राहीलाइ दिन सक्ने भएपनि धेरै जना आउने बिना टोकनको आउने भएकोले केहीले रकम उठाउन सास्ती खेप्नु परेको गरेको प्रतिकृया दिएको छ।

इनरुवामा सामाजिक सुरक्षा भता खाने लाभग्राहीहरु पाच सय जना एकैसाथ आउने भएकोले समस्या देखिएको हो।
