मिति २०८२।०६।२७ गते १८:०० बजेको समयमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं.-१७ पटनाली हरिण खोला स्थितमा लागू औषध ओसार पसार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले ऐ. स्थित धरानबाट चतरा तर्फ जाँदै गरेको प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोलाई रोकी कानून बमोजिम चेकजाँच गर्दा उक्त अटोमा सवार जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.-०७ बस्ने वर्ष १९ को दिपक मगरले कालो झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लागू औषध ट्रामाडोल-३९९० ट्याब्लेट र डिकोलिक-३९९० ट्याब्लेट फेला परेको हुँदा उक्त लागू औषध र अटो सहित निज दिपक मगर र अटो चालक ऐ. वडा नं.-१० बस्ने वर्ष ३३ को फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।