पटक बरामद
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २८ गते । सुनसरीको इटहरी उपमहानगरपालिकामा पटक बरामद भएको छ । इटहरी उपमहानगरपालिका १० कर कार्यालय नजीकैबाट ठूलो परिमाणमा पटका बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले नागिन खोर्साने पटका ४८ प्याकेट ,चकलेट बम्ब १०० पिस, झिरझिरे ३ बण्डल बरामद गरेको जनाएको छ । इप्रका इटहरीबाट खटिएको प्रहरी टोलीले खेजीगर्दा बोरा छाडी पटका ल्याएको व्यक्ति फरार भएकोमा बोरा खोली हेर्दा बोरामा पटका फेला गरेकाले नियन्त्रणमा लिइ राखिएको छ ।
