इनरुवा, असोज २८ गते । सुनसरीको इटहरी उपमहानगरपालिका ४ का एक बालिका दुईदिनदेखी सम्र्पक विहीन भएकी छिन् । इटहरी उपमहानगरपालिका ४ का दिब्यराज गुरुङको १६ वर्षीया छोरी उदघोषिका गुरुङ सोमबारदेखी बेपता भएकी हुन् । स्थानीयहरु र अभिभावकले बालिका अपरहणको आशंका परेको हुनसक्ने भन्दै खोजीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा आग्रह गरिएको छ । प्रहरीबाट खोजतलासको काम सुरु भएको प्रहरी उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।
थेवेका अनुसार इटहरी उपमहानगरपालिका ४ की उचाइ ५.२ वर्ण गहुगोरि पोषाक नखुलेको उदघोषिका गुरुङ नाम गरेकी बालिका घर छोडी निस्की सम्पर्क बिहिन भएको हुदाँ खोजीका लागि अभिभावकले निवेदन ल्याएकोले खोजी कार्यमा प्रहरी लागिपरेको छ । उहाँले सबै प्रहरी युनिटलाई आ आफ्नो एरियामा खोजतलास गरी फेला परे जानकारी दिनुहुन अनुरोध गरेको बालिका अन्य प्रदेश जिल्लाहरुमा समेत जान सक्ने हुदाँ हुलिया परिपत्र गरिएको जानकारी दिनुभयो ।