जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ३० गते । सुनसरीमा अगामि प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच स्थानमा मतदान केन्द्र आवश्यक रहेको सरोकारबालाले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीको आयोजनामा भएको मतदान स्थल तथा मतदान निरधारण विषयक अन्तरकृया कार्यक्रममा सरोकारबालाहरुले थप पाँच स्थानमा मतदान केन्द्र थप्नु गर्नुपर्ने सुझाव दिएका छन् । जिल्ला निर्वाचन कार्यालयलाई सात हजार बढी मतदाता रहेको धरानको २ वटा वडा, इटहरीको दुई वटा वडा र बराहक्षेत्र नगरपालिकाको श्रीलंका टाप्पुमा एउटा गरि पाँच वडामा गरि पाँच स्थानमा मतदान केन्द्र आवश्यक रहेको सुझाव दिएका छन् ।
कार्यक्रममा सरोकारबालाहरु सहितको उपस्थितीमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ को दफाः १० (क) बमोजिम मतदान स्थल मतादान केन्द्र तोक्ने कार्यको संयोजन र समन्वय गर्न जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा जिल्ला स्थित सुरक्षा निकायका सबै प्रतिनिधिहरु र सम्बन्धित वडा सचिव समेत रहने गरी उपसमिति बनाउने निणर्य गरेको छ । समितिले थप गर्नुपर्ने मतदान स्थलको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । सुनसरीमा हाल १६६ स्थानमा मतदान केन्द्र रहेको छ ।

१, जिल्ला निर्वाचन कार्यालय सुनसरीले आयोजना गरेको मतदान स्थान थपघट विषयक कार्यक्रमका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा