जयकृष्ण यादव । इनरुवा
इनरुवा,असोज ३१ गते । सुनसरीमा खुलासिमाका कारणले भईरहेको लागु औषध ओसारसिार र सेवानलाई ध्यानमा राखेर त्यसको नियन्त्रणमा सरोकारबालाहरुको चासो देखाउने भएका छन् । जिल्लाका विभिन्न निकाय, लागु औषध नियन्त्रणमा क्रियासिल संघसंस्थाहरु लगायत सरोकारवाला निकायसँगको बैठकमा सरोकारबालाहरुले बढ्दो लागु औषधको सेवन र ओसारपसार नियन्त्रणमा ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।
यहाँका सरोकारबालाहरुले यसमा चासो देखाउर्दै शुक्रबार सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा भएको बैठकमा लागु औषधओसार पसार एवं सेवन नियन्त्रण गर्न सकृया देखाउने निणर्य गरेको छ । जिल्लामा गठित लागु पदार्थ दुव्यसन विरुद्धको अभियान फ्यान क्लबसँग समन्वय गरी लागु औषधका गतिविधिहरुको नियन्त्रण गर्न आवश्यक कार्य गर्ने, लागु औषध प्रयोग तथा ओसार पसार नियन्त्रणका लागि हुने गरेका कार्यमा सबैले आ–आफ्नो क्षेत्रवाट सुरक्षा निकायलाई सहयोग गर्ने निणर्य गरेको छ ।
त्यसैगरी लागु औषध अपराध नियन्त्रणका लागि जिल्ला तथा स्थानीय तहको सहकार्यमा आमा समूह, युवा क्लब तथा बाल क्लब जस्ता संघ÷संस्थालाई सहभागी, समावेश गरी÷गराई सचेतना कार्यक्रम सञ्चालन गर्ने र सोका लागि स्थानीय तहहरुलाई अनुरोध गर्ने, जिल्ला तथा स्थानीय तहमा सम्पूर्ण सरोकारवाला संघ संस्था, पुनस्र्थापना केन्द्र, शैक्षिक संघ संस्था समेतको समन्वयमा वृहत जनजागरण कार्यक्रम सञ्चलन गर्ने भएको छ ।
बैठकमा सहभागी गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपानेले बैठकबाट सचेतनामूलक कार्यक्रम सन्देशमूलकप्रचार प्रसार सामग्री निर्माण, सचेतनामुलक तथा सन्देशमूलक सूचना, रिङटोन, जिङ्गल आदिको प्रयोग गरी स्थानीय संघ÷संस्था र सरोकारवाला निकायबीच समन्वय र सहकार्य गरी सञ्चालन गर्ने, गराउने समेत निणर्य भएको जानकारी दिनुभयो ।
बैठकले लागु औषध प्रयोगकर्ताहरुको पहिचान, उपचार र पुर्नस्थापना गर्ने कार्यलाई निरन्तरता दिने, पुनस्र्थापना केन्द्रको नियमित अनुगमन र सुधार गर्न निर्देशन दिने , लागु औषध अपराधका सूचना नियमित संकलन तथा आदान प्रदान गर्ने र सार्वजनिक स्थलहरु बसपार्क, विद्यालय प्राङ्गणमा चेतनामूलक सन्देशहरु प्रचार प्रसार गर्ने निणर्य गरेको छ ।
उक्त बैठकमा भगवती दल गण, सुनसरीका प्रमुख सेनानी राजन भुजु, जिल्ला प्रहरी कार्यालय, सुनसरी प्रहरी उपरीक्षक केशव कुमार थेवे, सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुशंधान निरिक्षक बिमल घिमिरे, अधिकारकर्मी पुष्प भट्टराई, गैससमहासंघका अध्यक्ष मेघराज न्यौपाने, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो ।