लागू औषध ब्राउन सुगर बरामद
जयकृष्ण यादव । इनरुवा
इनरुवा,असोज ३१ गते । सुनसरीमा एकपछि अर्को ठाउँबाट लागू औषध ब्राउन सुगर बरामद हुने क्रम जारी रहेको छ । प्रहरीले सकृया बढाएपछि लागू औषध ब्राउन सुगर बरामद र कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् । शुक्रबार मात्रै जिल्लाको धरान उप–महानगरपालिका वडा नं.–३ बाबाधाम मार्गका २२ वर्षीय नाम्जा शेर्पालाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले शेर्पाको घरमा लागू औषध ओसार पसार तथा कारोबार भईरहेको विशेष सूचनाको आधारमा जादाँ लागू औषध ब्राउन सुगर बरामद भएको हो । इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले शेर्पाको कोठामा कानुन बमोजीम खानतलासी गर्दा लागू औषध ब्राउन सुगर ९३० मिलिग्राम (नौ सय तिस मिलिग्राम ) फेला परेको र शेर्पालाई पनि उक्त लागू औषध सहित नियन्त्रणमा लिईएको जनाएको छ । लागू औषध ब्राउन सुगर र शेर्पालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी प्रवत्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।
