इनरुवा,कार्तिक २ गते ।
सुनसरीको सीमावर्ती देवानगञ्जमा एक महिलाको शव फेला परेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ३ मोतिटप्पुकी २२ वर्षीया अमिना खातुनको शव फेला परेको हो । शुक्रबारदेखी हराएको र आईतबार शव फेला परेको मृतकका पती अफरोज अन्सारीले जनाकारी दिनुभयो ।

अंसारीले पत्नी अमिना खातुनले घरमा कोही कसैलाई जानकारी नगराई निस्की हिडेकोमा आफन्त, छरछिमेकहरुले खोजतलास गर्दा कप्तानगञ्जमा शव फेला परेको स्थानीय पत्रकार ब्रहमदेव मेहताले जानकारी दिनुभयो । खातुनको देवनागञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा पानीमा डुबेको अवस्थामा शव फेला गरेको सुनसरी प्रहरीले जनाएको छ । स्थानीयले हत्याको आशंका गरेको छ भने केहीले आत्महत्याको दावी गरेका छन् ।