दुहवीमा पुरुषको शव फेला
इनरुवा, कात्तिक २ गते । सुनसरीको दुहवीमा एक पुरुषको शव फेला परेको छ । स्थानीय नालिमा तत्काल नामथर वतन नखुलेको अन्दाजी ३०÷३५ वर्षीय पुरुष मानिसको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार दुहबी नगरपालिका वडा नम्बर ३ स्थित कोशि राजमार्गमाको पुर्वपट्टिको नालिमा तत्काल नामथर वतन नखुलेको पुरुषको शव घोप्टो परी मृत अवस्थामा फेला परेको हो ।

शवको कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागी बि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको जनाएको छ ।
