नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा भएको छलफल कार्यक्रममा पार्टीको गतिविधिलाई जनस्तरमा लाने कुरामा जोड दिएको छ । छलफलमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्य रामहरी खतिवडा,नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी अबुल हुसेन लगायतका नेताहरूको उपस्थिति रहेको थियो। छलफलले पार्टीमा समाबेशी र जनस्तरमा जाने कुराहरूले नयाँ उत्साह र एकताको सन्देश दिएको सहभागी नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी अबुल हुसेनले जानकारी दिनु भएको
छ | नेताहरूबीचको भेटघाट र छलफलले संगठन सुदृढीकरण, पार्टीभित्रको समन्वय र आगामी राजनीतिक दिशाबारे सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको हुसेनले जानकारी दिनु भएको छ |


नेपाली कांग्रेस जस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीका नेताहरू एउटै मञ्चमा जुट्नु आफैंमा राष्ट्रिय एकताको प्रतीक भएको उहाँले बताउनु भयो। हुसेनले भन्नुहुन्छ, “
आजको उपस्थितिले स्पष्ट सन्देश दिएको छ पार्टी भित्र मतभेद होइन,एकता र सहकार्य नै मजबुत नेपाली कांग्रेसको पहिचान हो” सानेपामा गुञ्जिएको “जय नेपाल” का नाराले हरेक कार्यकर्तालाई देश र लोकतन्त्रप्रतिको प्रतिबद्धता सम्झाइरहेको हुसैनको भनाई छ ।