सुनसरीमा राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने
नेपाल सरकार गृह मन्त्रालयको निर्देशन अनुसार सुनसरीमा राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लावासीमा सादर अनुरोध गर्दै राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने जनाएको छ। प्रशासनको पत्रमा भनिएको छ, “शुभ-दिपावली (तिहार), नेपाल सम्बत, छठ लगायतका उल्लासमय पर्वहरु सबैको ईच्छा र सहभागितामा खुशीयालीपूर्वक मनाउनु हामी सबैको चाहना हो । कसैको इच्छा र चाहना विपरितका कृयाकलापहरु गर्ने र समाजमा अशोभनीय कार्य गर्ने परिपाटिलाई नियन्त्रण गरी स्वतन्त्र र खुसियालीपूर्वक मनाउन साथै शान्ति सुरक्षा र अमनचैनलाई सामान्य तूल्याई राख्नु सबैको कर्तव्य समेत हो । पर्वहरुमा अवाञ्छित एवं गैर कानूनी कृयाकलापहरु गर्न नहुने, त्यस्ता कार्यहरु भए/गरिएमा संलग्नलाई प्रचलित कानून बमोजिम कारवाही हुने समेत सबैमा जानकारी गराईन्छ ।”१. प्रचलित कानूनको पूर्ण पालना गर्दै देउसी-भैलो, नाचगान जस्ता कृयाकलापहरु राति १०:०० वजेसम्म मात्र शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने ।२. पटका, आतिसवाजी, जस्ता विष्फोटकजन्य पदार्थ नपड्काउने साथै त्यस्ता पदार्थहरूको निकासी, ओसारपसार एवं विक्री बितरण नगर्ने ।३. मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा हो-हल्ला एवं झै-झगडा जस्ता कार्य नगर्ने ।४. भीडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलापहरु नगर्ने ।५. देउसी-भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासित रुपमा सञ्चालन गर्ने/गराउने ।६. एकले अर्काको धर्म संस्कृतिलाई सम्मान गरौं । “धार्मिक सद्भाव” कायम गर्न सम्पूर्णमा हार्दिक अपिल गर्दछौ ।
मितिः २०८२/०७/०२ लोकभान श्रेष्ठ
सहायक प्रमुख जिल्ला अधिकारी
व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन
