सिमानाकाबाट ब्राउन सुगर सहित दुईजना पक्राउ
देवराज यादव ।सुनसरी
सुनसरीको कोशी गाउँपालिका– ८ भण्टाबारी चारकुनेबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ।
भण्टाबारी भीमनगर जाने सिमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकोसंयुक्त टोलीले ब्राउन सुगरसहित दुई जनालाई रगेंहात पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरीपुर भण्टाबारीबाट खटिएको सशस्त्र प्रहरी नयाब उपरीक्षक गणेश दत्त पाण्डेयको टोली र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्य प्रसाद अधिकारीको संयुक्त टोलीले भण्टाबारी सिमानाकाबाट ब्राउन सुगरसहित दुईजना पक्राउ गरेको हो।

नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी सहायक निरीक्षक रुद्र प्रसाद बजगाँईको ५ जनाको चेकप्वाईन्ट टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेका २ जना पुरुष व्यक्तीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा एउटा कालो रङ्गको प्लास्टीकमा प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउण्डसुगर बरामद गरेको छ। खैरो पदार्थ ५३० मिली ग्राम ब्राउन सुगर(प्लास्टिक सहित) फेला परेको छ। भारतको सुपौल भिमनगर ग्राम पंचायत वडा नं. ११ वस्ने वर्ष २० को नवि हुसेन र जिल्ला सप्तरी राजविराज नं.पा. वडा नं.६ बस्ने बर्ष १९ को मोहम्मद खुर्सेदलाई पक्राउ गरेको सशस्त्र प्रहरी भण्टाबारीका डिएसपी पाण्डेयले जनाएको छ ।

दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको छ। डिएसपी पाण्डेयले भन्छन्, “सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरीले नियमित गस्ती तथा निगरानीलाई तीव्र बनाएको छ। सशस्त्र प्रहरीले पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि चेकजाँच र गस्तीलाई थप कडाइ गर्दै आएको डिएसपी पाण्डेयले जानकारी दिनुभयो। उनिहरूको साथमा रहेको भारतीय नगद रु.५०० र लागुऔषध फेला परेको छ।
