विपिन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि
जजन्युज। ककन्चनपुर
विपिन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि गरेको छ। मंगलबार हजारौं स्थनीयहरुको सहभागितामा विपिन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि गरेको हो।भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भएको थियो। उक्त शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी थिए। अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिएकोमा नेपाली काग्रेसका नेता एनपी साउद, युवा नेता समाजसेवी सुनसरी निवासी डा अबुल हुसैन अन्सारी, विभिन्न दलको अगुवा नेता,समाजसेवी, सुरक्षाकर्मीहरू सहभागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)सागर बोहराले जानकारी दिनुभयो।
सुनसरीका समाजसेवी हुसैन अन्सारीले विपिन जोशीको रिहाई र उद्धार गर्न निकै पहल र प्रयास गर्नु भएको थियो। जोसिको परिवारका सदस्यहरूसंग मानवीय सहयोग र अन्तराष्ट्रिय पहल गर्नु भएको थियो। डा अन्सारीले आफु इस्लाम समुदायको भएपनि मानवीय सेवा र सदभावको लागि जोसिको शवयात्रा र अन्त्यसटीमा सरिक भएको बताउनु भयो।



राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बोहराले जानकारी दिनुभयो । उहाकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उहाको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले मृत्यु पुष्टि गरेका थिए । इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो । काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको विपिनको शव धनगढी विमानस्थलमा सलामी अर्पण गरेर उनको परिवारलाई बुझाएको थियो । शव ल्याइएपछि नेपालका लागि इजरायली राजदूतसहितका तीन जना इजरायली प्रतिनिधिको टोलीले विपिन जोशीको घरमै पुगेर परिवारलाई सहानुभूति समेत दिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्ब मन्त्री NP saud साथै सुनसरीका नेपाली कांग्रेसको नेता अबुल हुसैन सहितको सहयोग भावनात्मक प्रयास गर्नुभएको थियोे ।
इजरायलबाट बन्धक बनाइएका विपिन जोशीको अन्तिमयात्रा हृदयविदारक रह्यो । उहाँले परराष्ट्रमन्त्री हुँदा विपिनलाई सकुशल नै घर ल्याउने हरसम्भव प्रयास गर्नुभएको थियौ ।
यो दुःखद घडीमा सम्पूर्ण नेपालीजन् शोकाकुल भएका छन्। विपिनको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् ।
कामना गरौं भविष्यमा फेरि कोही अर्को नेपालीले विपिनको नियति भोग्नु नपरोस् ।
