सुनसरीको इनरुवामा तालतलैया कला साहित्य साँस्कृतिक प्रतिष्ठान कोशी प्रदेशले कला तथा संस्कृतिको संरक्षण र जगेर्नाका लागि देउसी भैलो कार्यक्रम गरेको छ। विभिन्न स्थानबाट  सुरू गरेको देउसी भैलो इनरुवामा पनि भव्यताका साथ मनाएका हुन। देउसीको पहिलो दिन इटहरी स्थित तरहराका विभिन्न स्थानमा आफ्नो कार्यक्रम प्रस्तुत गरेको थियो।दोस्रो दिन इटहरीमा प्रस्तुति रह्यो ।त्यहीँ क्रममा शुक्रबार दिउँसो २ बजे इनरुवाको मदन आश्रीत मार्ग सखुवागाँछी र मालपोत कार्यालय हुँदै सरस्वती टोलमा आएर आफ्नो सम्पूर्ण कार्यक्रम समापन गरेको थियो।


आयोजक मध्ये एक बिमला पोखरेलले 
इनरुवामा भव्यताका साथ देउसी भैलो खेलेको जानकारी दिनु भयो। देउसीमा सहयोगी सम्पूर्ण साहित्यकार ,पत्रकार ,नातेदार एवम् इष्टमित्रमा उक्त कार्यमा उपस्थित रहेर यथाशक्य सहयोग र सामाजिक कार्यक्रम सार्थक तथा सफल पारिदिनु  भएकोमा संस्थाका अध्यक्ष सुधीर केसीले धन्यवादका शब्दहरू प्रस्तुत गर्नुभयो ।

संस्थाका सचिव विमला पोख्रेलको अगुवाइमा इनरुवामा भव्यताका साथ सम्पन्न भएको देउसी भैलो कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रमोद पौडेल ,सहसचिव कृष्णप्रसाद नेपाल एवम् कोषाध्यक्ष पुण्यप्रसाद चौलागाईंको महत्त्वपूर्ण भूमिका रहेको जनाएको छ ।