जयकृष्ण यादव। इनरुवा

इनरुवा,कात्तिक ८ गते। छठ पर्व नजिकिँदै जाँदा सुनसरीको इनरुवा सहित जिल्लामा केराको कारोबार उल्लेखनीय रूपमा बढेको छ। पर्वमा भगवान सूर्यलाई अर्घ अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को माग सदमुकाम इनरुवा सहित स्थानीय बजारमा अत्यधिक बढेको व्यापारीहरूले बताएका छन्।

images
Manang.jpg

सदरमुकाम इनरुवा, बबिया, रामनगरभुटाहा, जल्पापुर, इटहरी, दुहबी नगरपालिका, रामधुनी, कोशी, भाण्टाबारी लगायतका मुख्य बजार देखि ग्रामीण हाट बजारसम्म अहिले केरा किन्ने ग्राहकहरूको भीड देखिएको छ। इनरुवाका केरा व्यापारी श्याम यादवका अनुसार यस वर्ष व्यापारीहरूले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेका छन्।

images

“गोदाममा पर्याप्त मात्रा केरा उपलब्ध भएकाले यसपटक व्रतालुलाई केराको अभाव नहुनेछ,” यादवले बताउनु भयो।

Manang.jpg

तर, माग बढे सँगै मूल्यमा भने वृद्धि भएको छ।इनरुवा नगरपालिकाका सम्भु यादवका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य करिब पाच सय देखि १ हजार रुपियाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो।

व्यापारीहरूको भनाइमा सीमावर्ती बजारहरूबाट करिब १ करोड रुपियाँ बराबरको केरा आयात गरिएको छ।स्थानीय व्यापारीहरूले माग अझै केही दिनसम्म बढ्ने अनुमान गरेका छन्।

images

सम्बन्धित विषय:

# महोत्तरी # केराको माग बढे सँगै # मूल्य पनि बढ्यो

images

प्रतिक्रिया

images
images

ताजा अपडेट

लोकप्रीय

images