जयकृष्ण यादव ।  इनरुवा
इनरुवा, कात्तिक ११ गते । सुनसरीको इनरुवा सहितको बिभिन्न स्थानमा हर्षोल्लासका साथ उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । सनिबार नुहाएर खाएपछि सुरु भएको आस्थाको पर्व मंगलबार विहान  उदाउँदो सूर्यलाई अर्घ दिँदै हर्षोल्लासका साथ छठपर्व सम्पन्न भएको हो ।  यस छठ पर्वको चौथो दिन मङ्गलबार बिहान इनरुवाका विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको जनाएको छ ।
सुनसरीको इनरुवा नगरपालिका १ र ५ बलाहा नहर घाट, इनरुवा २ राजाजि घाट, ३ र ६ मधेसा, इनरुवा ९ बबिया, १० जल्पापुर सहितको शंकरपुर शाखा नहर घाट सहितको २०० बढी स्थानका घाटमा दुइ लाख बढीले हर्षोल्लासका साथ छठपर्व सम्पन्न गरेका छन्।
यहाँका दलित गैर दलित र हिन्दू सहितको गैर हिन्दू सहितको सहभागिता हर्षोल्लासका साथ छठपर्व सम्पन्न भएको स्थानीय पण्डित बलराम यादवले जानकारी दिनुभयो।


पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा हुने जनबिश्वासका साथ श्रद्धापूर्वक छठ मनाइएको यादवले जानकारी दिनु भयो। छठका अवसरमा बर्षे ताल, भुटाहा पोखरी, देशको सबै भन्दा ठूलो नदी सप्तकोशी, कोशी कटान, जमुवा,लौकही राजा पोखरीमा, सुनसरी मोरंग सिचाइ योजना नहर, हरिपुर, शिसुवा, शंकरपुर, सितागञ्ज, रामगञ्ज शाखा नहर र विभिन्न जलासयमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । सोमवार साझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर मंगलबार विहान सूर्यलाई अर्घ दिएर सम्पन्न गरेको हो।
यसैबिच तराइको दलित समुदायको मरिकले समेत गैर दलित समुदायसंगै छठको घाट बनाएर हर्षोल्लासका साथ छठपर्व मनाएका इनरुवा २ का रन्जित मेहताले जानकारी दिनु भयो।
कुनै भेदभाव र छुवाछुत विना हर्षोल्लासका साथ छठपर्व मनाएकाे इनरुवा २ का रामा मरिकले जानकारी दिनु भयो। मरिकले दशक अघिसम्म आफ्नो घर अगाडी एकलै छठपर्व मनाएकाे अनुभव सुनाउनु हुदै अहिले सबै एउटा घाटमा संगै हर्षोल्लासका साथ छठपर्व मनाएकाे खुशी समेत सुनाउनु भयो।


१, सुनसरीको इनरुवा २ का रामा मरिकले गैर दलित समुदायको साथ छठपर्व हर्षोल्लासका साथ मनाएकाे खुशी सुनाउनु हुदै।


२, इनरुवा ९ मा छठको अर्घ दिदै।
तस्बिर : जयकृष्ण यादव। इनरुवा