नाम ठेगाना नखुलेको महिला मृत फेला
सुनसरी
२०८२, कार्तिक ११ गते । सुनसरीमा नाम ठेगाना नखुलेको एक महिला मृत फेला गरेको छ । सुनसरीको कोशी गाउँपालिका वडा नं.४ पुर्बपश्चिम राजमार्ग छेउमा रहेको धर्म काँटा जाने कच्ची बाटोमा चोटपटक लागेको, नाम ठेगाना नखुलेको करिब ४० वर्षीया महिला मृत फेला गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार धर्मकटाको एक साइडमा माहिला मृत अबस्थामा रहेको भनेर प्रहरी पोष्ट कोशी कटानमा जानकारी प्राप्त भएको थियो । जिल्ला टोलिले शवको मुचुलका गरि पोष्टमार्टमको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको जनाएको छ । तत्काल पहिचान नखुलेको तर मानसिक सन्तुलन ठिक नभएको र मागी खाई हिड्ने महिला रहेको स्थानीयहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीको कमाण्डमा प्रहरी टोलीले घटनाको अनुशंधान गरिरहेको जनाएको छ ।
