एक हप्तामा तीन बालबालिका बेपता, अपहरणमा परेको आशंका
सुनसरी
२०८२, कार्तिक ११ गते । सुनसरीमा एक हप्तामा तीन जना बालबालिका बेपता भएका छन् । घरबाटै तीनैजना बेपता भएकाले स्थानीयहरुले अपहरणमा परेको आशंका गरेका छन् । तिहार र छठको बीचमा एक हप्तामा तीन बालबालिका बेपता भएपछि स्थानीयहरु अपहरणको आशंका गर्दै सशंकित बनेका स्थानीय सुबास दाहालले जानकारी दिनुभयो ।
पहिलो घटनामा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ५ मा कार्तिक ३ गते देउसी भैलो खेल्न गएकी १५ वर्षिया भावना पाण्डे अझै सम्र्पकमा आउनुभएको छैन् ।

उहाँको अपहरण भएको वा हराएको दुई थरीको आशंका छ । देउसी भैलो खेल्न गएकी पाण्डे सम्पर्कमा नआएकोले सुरुमा हराएको भनिएकोमा पिडित परिवारका सदस्यहरूले सात दिनसम्म सम्र्पकमा नआएकोले अपहरणमा परेको निषकर्शमा पुगेको जनाएको छ । पिडितको आमाले बालिका देख्नु वा भेट्नु हुनेले परिवार वा नजिकै को प्रहरीमा बुझाइ दिनु हुन अनुरोध गर्नुभएको छ । बालिका पाण्डे सुर्यकिरण एकेडेमी इनरुवामा ८ कक्षामा पढ्ने बिधार्थी भएको र कार्तिक ३ गते लक्ष्मीपुजाको दिन भैली खेल्ने भनी घरबाट हीडेकि आजसम्म फेला पर्न नसकेको प्रिन्सिपल मनोजकुमार यादवले जानकारी दिनुभयो । परीवारले जिल्ला प्रहरी कार्यालयमा खोजी गर्न रीपोर्टपनि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको डिएसपी योगराज खतिवडाले बालिका बेपत्ता भएकोले हराएको वा अपहरणमा परेको एकिन नभएको प्रतिकृया दिनुभयो । प्रहरीले खोजी थालेको भएपनि पत्ता लागेको छैन् । अर्को घटना कार्तिक १० गते सोमबार जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं.–३ इक्राई टोलका स्थानीय राजप्रिय राईको १७ वर्षीया छोरी जस्मिता राई बेपता हुनुभएको छ । बालिका राई बराहक्षेत्र नपा.१० बाहुनी टोल दिदीको घर घुम्न जान्छु भनि घरबाट निंस्की हिडेकोमा हालसम्म सम्र्पक विहिन रहनुभएको छ । बालिका बेपता भएपछि दाजु जोन राईले अस्थायी प्रहरी चौकी बाङ्गेमा लिखित हुलिया निवेदन दिनुभएको प्रहरीले जनाएको छ ।
दोस्रो घटना कार्तिक १ गते बिहान जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं.–४ माथिल्लो जमटोकीका श्यामलाल चौधरीको १४ वर्षीय छोरा आदर्श चौधरी बेपता हुनुभएको छ । चौधरीले सुनसरी पुल तिर घुम्न जान्छु भनि घरबाट निंस्की हिडेकोमा हालसम्म पनि घर फर्की नआई सम्पर्क बिहिन भएकोले परिवारले खोजीका लागि अपिल गरेको छ । हप्तादिनसम्म छरछिमेकी, साथीभाई समेतकोमा खोजतलास गर्दा फेला नपरेकोले बेपता भएका बालकको हजुर आमा वेचुन चौधरीले कार्तिक १० गते प्रहरी चौकी भरोलमा मौखिक हुलिया जानकारी गराउनुभएको छ । प्रहरीले जानकारी आएपछि खोजतलास गर्ने कार्य भईरहेको र हुलिया सहित बालकलाई आ–आफ्नो एरिया इलाकामा खोजतलास गरि फेला परेमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराइ दिन हुन अनुरोध गरेको जनाएको छ ।
